Birendranagar Municipality

विप्लव नेतृत्वको पार्टीलाई सहयोग गरेको आरोपमा पत्रकार पक्राउ

सेरोफेरो/कालिकोट

८ चैत्र । रेडियो नयाँ कर्णालीमा कार्यरत २७ वर्षीय पत्रकार कर्ण विश्वकर्मालाई विप्लव नेतृत्वको नेकपालाई सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरी टोलीले बिहीबार रेडियोको कार्यकक्षवाटै गिरफ्तार गरेको छ ।

 

रास्कोट नगरपालिका–८ कालिकोट निवासी पत्रकार विश्वकर्मालाई विप्लव नेकपाका समाचार प्रसारण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालिकोटले पक्राउ गरेको हो ।

 

यसैगरी तिलागुफा नगरपालिका–४ का २९ वर्षीय भरत शाहीलाई पनि बिहीबार विप्लव नेकपाको गतिविधिमा लागेको आरोपमा गिरफ्तार गरिएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी विनोद शर्माले वताएका छन् ।

 

पत्रकार विश्वकर्मा विप्लव नेकपा निकट क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष समेत हुन् ।

 

विना कारण आस्थाका आधारमा पत्रकारलाई गिरफ्तार गरिएको प्रति नेपाल पत्रकार महासंघ कालिकोटले विरोध जनाएका छ । महासंघका जिल्ला अध्यक्ष तुलाराम पाण्डेले विना पूर्जि रेडियोको कार्यकक्षवाट पत्रकार गिरफ्तार गर्नु निन्दनीय भएको प्रतिक्रिया दिए ।

२०७५ चैत्र ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्