Birendranagar Municipality

यी हुन् मुख्यमन्त्री शाहीका ३ सल्लाहकार

सेरोफेरो/सुर्खेत
यी हुन् मुख्यमन्त्री शाहीका ३ सल्लाहकार

९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले ३ सल्लाहकार नियुक्त गरेका छन् । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

 

बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा सल्यानका भिमप्रकाश शर्मा, जनसम्पर्क सल्लाहकारमा कालीकोटका जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा दैलेखका रत्न गाहा मगरलाई मनोनयन गरेको हो ।

 

यस्तै बैठकले कर्णाली प्रदेश लोक सेवा आयोग गठन, काम, कर्तब्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

Karnali

२०७५ चैत ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्