११ चैत । निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरिएको छ ।
सोमबार बसेको संवैधानिक परिषदको बैठकले थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियालाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। दिनेश कुमार थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव हुन् ।
अयोधीप्रसाद यादव ६ वर्षे कार्यकाल सकेर आइतबार सेवानिवृत्त भएका छन् । यस्तै आयुक्त इला शर्माले पनि आइतबारदेखि अवकाश पाएकी छन् ।
निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य हुने संबैधानिक प्रावधान छ । हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य छन् ।
परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई सिफारिस गरेको छ ।
प्रतिकृया दिनुहोस्