Birendranagar Municipality

कर्णाली नदीसंग प्रदेशको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको छ : मुख्यमन्त्री शाही

सेरोफेरो
कर्णाली नदीसंग प्रदेशको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको छ : मुख्यमन्त्री शाही

१४ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको बताएका छन् । तेश्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५ को आज सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसंग जोडिएको बताए ।


ईतिहाँसमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोर वंगाल र भोटको व्यापार जोडने ठुलो आर्थिक करिडोर रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले अव पनि कर्णालीलाई मुलुककै ठुलो अर्थतन्त्र निर्माणका लागि जुटनुपर्ने बताए । धार्मिक महत्वको मानसरोवर पुग्ने पर्यटकहरुका लागि कर्णाली करिडोर सवै भन्दा छोटो रुट हुने चर्चा गर्दै मुख्यमन्त्री शाहीले धार्मिक पर्यटनका दृष्टिले पनि कर्णालीको महत्व धेरै रहेको बताए ।


कर्णालीको प्राकुतिक स्वच्छता र सुन्दरताको संरक्षण अपरिहार्य रहेको वताउदै मुख्यमन्त्री शाहीले कर्णालीको सुरक्षाका लागि सरोकारवाला सवै लाग्नुुपर्ने शाहीको भनाई छ ।
कर्णाली करिडोरमा सडक पुर्वाधारको विकासका लागि प्रदेश सरकार लागिपरेको वताउदै मुख्यमन्त्री शाहीले अवको ५ वर्षभित्र सडकमार्गवाटै पर्यटकहरु मानसरोवर जाने दावी गरे ।


केही महिना अघि नदी संरक्षण संस्थाको अगुवाईमा कर्णाली नदीको उत्पत्ति स्थल तिव्वत देखि गंगा नदी सम्म ४४ दिन लगाएर गरिएको अध्ययनमा आधारित वृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज उद्घाटन गरिएको शिखर सम्मेलन दैलेखको राकममा ३ दिनसम्म चल्ने वताईएको छ ।


शिखर सम्मेलनमा नेपाल र नेपाल वाहिरका वैज्ञानिक, नदी संरक्षण अभियन्ता, पत्रकार लगायतको सहभागिता रहेको छ । शिखर सम्मेलनको आयोजक संस्था नदी संरक्षण संस्थाका अध्यक्ष मेग आलेले विविधतायुक्त विश्वका ५ महत्वपुर्ण नदी मध्ये एउटा नदी कर्णाली रहेको कारण कर्णालीको अवस्था अध्ययन, नदी संरक्षण लगायतका विषयमा सम्मेलनमा व्यापक छलफल हुने जानकारी दिए । सम्मेलनको अन्त्यमा कर्णाली घोषणापत्र जारी गरिने पनि आलेले बताए ।

२०७५ चैत्र १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्