१४ चैत्र । मन्त्रिपरिषद्को २०७५ चैत्र ७ र ११ गतेको बैठकको निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन् ।
सरकारले वेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्त गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
सदस्यहरुमा वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, प्रेमबहादुर खड्का र शर्मिला कार्की रहेका छन् । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेका एक जना सदस्य पनि सिफारिस समिति सदस्य रहनेछन् ।
यसैगरी सरकारले विभिन्न सडकहरुको रेखांकन स्वीकृत गर्ने, सैनिक सेवा (दोस्रो संशोधन) नियमावली २०७५ स्वीकृत गरेर अत्तिरित्तांक गरी नेपाल राजपत्रमा प्रशाशन गर्ने निर्णय समेत गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए । यसैगरी राष्ट्यि विकास परिषद् २०७५ का सदस्यहरु समेत मनोनयन गरिएको समेत जानकारी दिए ।
प्रतिकृया दिनुहोस्