Birendranagar Municipality

हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

सेरोफेरो

१८ चैत । आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ भने ५०० भन्दा बढी घाइते छन् ।

 

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । डाक्टरको अभावले उपचार प्रभावित भएको छ भने रगतसमेत अभाव भएको छ ।

 

हावाहुरीका कारण ज्यान गुमाएका र घाइतेहरुको परिवारलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सबै कार्यक्रम रद्द गरी बारा जाने भएका छन् ।

 

यसैबीच प्रदेश २ सरकारले उक्त घटनामा ज्यान गुमाएका परिवारलाई जनही ३ लाख रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

२०७५ चैत १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्