Birendranagar Municipality

भरतपुर महानगरमा ९० मत च्यातिएको पाइयो

सेरोफेरो

१८ जेठ काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मत च्यातिएको पाइएको पुष्टी भएको छ । भरतपुर महानगरपाकिकाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, निर्वाचनमा सहभागी भएका राजनीतिक दलका प्रतिनिधीहरुले जेठ १४ गते मध्यराति च्यातिएका मतपत्रहरुको संख्या एकिन गरेको हो ।


माओवादी कार्यकर्ताले मतगणनाका क्रममा मतपत्र च्यातेपछि त्यसलाई शिलबन्दी गरी राखिएको थियो । निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न बुधावार निर्देशन दिएपछि उम्मेदवारहरुको उपस्थितिमा बिहीबार शिलबन्दी खोलिएको थियो ।

 

भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने, ‘निर्वाचन आयोगको निर्देशन अनुसार मतगणनाका क्रममा क्षति भएको मतपत्र एकिन गर्दा ९० रहेको पाइयो । अब यहि रिपोर्ट आजै निर्वाचन आयोगसमक्ष पठाउँछु ।’


जेठ १४ गते मध्यराति महानगरपालिकाको वडा नम्वर १९ मतगणना जारी रहेको बेला १ हजार ८०९ मत गनिसकेपछि २ हजार ४०० मत गणना गर्ने क्रममा माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

२०७४ जेठ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्