२१ चैत्र । नेपाल बार एशोसिएशनको अध्यक्षमा नेकपा निकट प्रगतिशील समुहका चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।
कानून व्यवसायीको छाता सङ्गठनको रुपमा रहेको बारको नेतृत्व चयनको लागी चैत्र १६ गते निर्वाचन भएको थियो । महासचिवमा भने लोकतान्त्रीक समुहका लिलामणि पौडल विजयी भएका छन् ।
अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भए पनि काँग्रेस निकट पौडेलले प्रगतिशील तर्फबाटका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् ।
मत गणना सकिएपनि मत जोड्ने काम भईरहेको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले बताए ।
प्रतिकृया दिनुहोस्