२४ चैत । कर्णाली प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने निर्णय गरेको छ । केही समयअघि प्रदेश सरकारले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रदेश अस्पताल नामाकरण गरेको थियो ।
शनिबार बसेको मन्त्रिपरिषदको बैठकले ५० शैयाको उक्त अस्पताललाई स्तरोन्नति गरी ३०० शैयाको बनाउने निर्णय गरेको हो आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।
यस्तै सरकारले प्रदेश २ का बारा, पर्सा लगायतका जिल्लामा आएको हावाहुरीबाट प्रभावितहरुका लागि राहत स्वरुप मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी १ करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्