Birendranagar Municipality

क्षेत्रिय स्तरको गोष्टि शुरु : उत्कृष्ट कृषकलाइ पुरस्कार

सेरोफेरो
१८ जेठ सुर्खेत । क्षेत्रिय कृषि विकास कार्यालयको आयोजनामा दुइ दिने क्षेत्रियस्तर दोस्रो चौमासिक तथा अष्टमासिक प्रगति समिक्षा गोष्ठी विहिबार विरेन्द्रनगरमा शुरु भएको छ । उक्त कार्यक्रममा उत्कृष्ट कृषकहरुलाइ पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा मध्यपश्चिम विकास क्षेत्रवाट विभिन्न जिल्लाका कृर्षि कार्यालयका प्रमुख हरुले आफ्नोे जिल्लामा भएको गतिविधि र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


यसै विच उक्त गोष्टिको पहिलो दिन क्षेत्रियस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार समेत प्रदान गरिएको थियो । बाँके दाङ, जुम्ला र रोल्पाका पाँच उत्कृष्ट कृषकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

जसमा बाँकेका प्रेमराज खरेल बंगुर पालन व्यवसायबाट पुरस्कृत भएका छन् उनले २०६८ सालदेखि बंगुर पालन व्यवसाय गर्दै आएका छन् । दाङकी बसन्ता अर्याल महिला कृषक टमाटर खेतिबाट सम्मानित भएकी छन् उनले १८ विगाहमा सामुहिक टमाटर खेति गर्दै आएकी छन् ।

 

उनले वार्षिक १ करोड २५ लाख कमाउन सफल भएकी छन् । यसैगरी जुम्लाका राम प्रसाद न्यौपाने स्याउ खेतिबाट सम्मानीत भएका छन् भने नेपालगञ्जका शुमेर शम्सेर राणा माछा पालन बाट, रोल्पाका हुकलाल घर्ति मगर सुन्तला खेतिबाट पुरस्कृत भएका छन् । पुरस्कृत प्रतिकृषक पच्चिस हजार र प्रमाणपत्र वितरण गरीएको छ ।


कार्यक्रममा बोल्दै क्षेत्रिय प्रशासक वेगेन्द्र प्रसाद पौडेलले कृषीमा अत्याधिक मात्रामा कृषकले विषादि प्रयोग गरेर जनताको स्वास्थ्यमा खेलवाड गरीरहेकोले यसमा सम्बन्धित जिल्ला कृर्षि विकास कार्यालय तथा कृषी मन्त्रालयको गम्भिर ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा क्षेत्रिय कृषि निर्देशक शिव नारायण चौधरीको अध्यक्षतामा तथा क्षेत्रिय प्रशासक वेगेन्द्र प्रसाद पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

२०७४ जेठ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्