Birendranagar Municipality

सडकले जोड्दै हुम्ला र तिब्बत

रविन भण्डारी /हुम्ला
सडकले जोड्दै हुम्ला र तिब्बत

तस्बिर:गुगल
२८ चैत । हुम्ला जिल्ला भित्रका छ वटा स्थानिय सडकहरुको डिपिआर तयारी गर्ने कार्य सम्पन्न भएको छ । डिपिआर तयारी गर्ने कार्य सम्पन्न भएसंगै अब सडक निर्माण कार्यको बाटो खुलेको छ ।


कर्णाली प्रदेश सरकार अन्र्तगत जिल्लामा स्थापना भएको पुर्बाधार बिकास कार्यक्रमले यस आर्थिक बर्षमा छ वटा आन्तरिक सडक निर्माण गर्ने तयारी गरे अनुसार डिपिआरको निर्माण कार्य सम्पन्न गरेको कार्यालयका प्रमुख इन्जिीनीयर पुर्ण बहादुर रोकायाले बताए ।


केही समय अघि सम्पन्न गर्नु पर्ने भएपनि हिमपातको कारण डिपिआर तयारीमा केही ढिलाई भएको हो । डिपिआर निर्माण कार्य सम्पन्न भएपछि अब चार वटै सडकको टेण्डर आव्हान कार्य एक दुई दिनमा प्रकाशन गरिने छ भने दुई वटा सडकको अझै केही समय लाग्ने उनले बताए ।


कार्यालयले यस आर्थिक बर्षमा निर्माण कार्य गर्ने गरि डिपिआर तयार गर्ने कार्य सम्पन्न गरेका ग्रामीण सडकहरुमा मिमि, श्रीमष्ठा, मासिधारा हुँदै मेल्छाम सडक, श्रीनगर, कल्के, सिरुपाटा हुँदै मैला सडक, सर्केगार्ड, जैर हुँदै तुम्च सडक, मानेपेमे, लिमी, जाङ्ग हुँदै तिब्बतको सिमाना, खार्पु, चुवाखोला हुँदै तापुलेख तिव्वत सडक र बाजुरा कवाडी, ताँजाकोट, अदानचुली हुँदै सर्केगार्ड सडक रहेको प्रमुख रोकायाले जानकारी दिए ।


यी सडकहरुको स्थलगत सर्भे गर्नका लागि केही समय अगाडी प्राबिधिकको टोली सम्बन्धित सडक स्थलमा पुगेको थियो । जनशक्तिको अभाबमा केही काम गर्न कठिन भएको कार्यालयले जनाएको थियो ।


सडक निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा १९ करोड बजेट बिनियोजिन गरेको छ । लागतका हिसाबले बढी लाग्ने भएपछि टापुलेख र बाजुरा अदानचुली सडकका लागि बजेट थपका लागि प्रदेश सरकारसंग माग गरिएको पनि कार्यलयले जनाएको छ ।


आर्थिक बर्ष सम्पन्न हुन तीन महिना मात्र बाँकी रहेको अवस्थामा सडक निर्माणको काममा कत्तिको गुणस्तर कायम हुन सक्ला त्यो भने हेर्न बाँकि छ ।

२८ चैत २०७५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्