५ बैशाख । काम काजका हिसाबले निक्कै व्यस्थ रहने जिल्ला मालपोत कार्यालयका सेवाहरु तीन हप्ता देखि बन्द भएका छन् । कार्यालय प्रमुख जिल्ला बाहिर गएको र उतैबाट काठमाडौं सरुवा भएपछि नयाँ खटाइएका प्रमुख जिल्लामा नआको कारण कार्यालयबाट सम्पादन हुने सबै कामहरु बन्द भएका हुन ।
मंगलबार काम बिशेषले कार्यालयमा जाँदा करारमा रहेका कर्मचारीले हाकिम नभएकोले काम हुँदैन भनेर फिर्ता पठाएको सेवाग्राही लोग भण्डारीले बताए । जग्गाको नामसारी गर्ने काम भए पनि हाकिम नभएको कारण काम रोकिएको उनले बताए । आफू तीन घण्टा पैदल हिडेर कार्यालयमा आएको भए पनि काम नहुँदा दुःख पाएको उनको गुनासो छ ।
भण्डारी मात्र हैन दैनिक २० भन्दा बढी सेवाग्राहीहरुले दुःख पाउने गरेका छन् । कार्यालयमा दैनिक २० देखि २५ सेवाग्राही आउने भए पनि कार्यालय प्रमुख नभएकै कारण फर्कानु परेका कम्प्युटर अप्रेटर मिमसिंह नेपालीले जानकारी दिए । करारका कर्मचारीलाई काम नगर्न निर्देशन आएकोले आफूहरुले कुनै काम अगाडी नबढाएको उनले बताए । उनले भने 'गत चैत्र आठ गते कार्यालय प्रमुखले जिल्ला छोडेको र त्यसै दिन देखि कार्यालयको काम प्रभाबित भएको छ ।'
आएका सेवाग्राहीहरुलाई फिर्ता पठाउनु परेपछि कर्मचारीले घाम तापेर बसिरहेका छन् । कार्यालयमा भएका करार कर्मचारीले हाजिर लागउने काम मात्र गरि रहेका छन् ।
खटाएका नयाँ अधिकृत जिल्लामा आई नसकेको कारण सेवाग्राहीको काममा बाधा पुगेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । उनका अनुसार आफूले सेवा बन्द भएको जानकारी बिभागलाई पठाई सकेको र चाँडै ब्यबस्था गर्ने जानकारी प्राप्त भएको छ ।
प्रतिकृया दिनुहोस्