६ बैशाख । गुच्ची च्याउ संकलन गर्न गएका एक युवकको भिर बाट लडेर मृत्यु भएको छ । हुम्लाको सर्केगाढ गाउँपालिका वडानं ३ उनपानी निवासी २२ बर्षिया निराजन फडेराको मृत्यु भएको हो ।
उनपानी गाउँनजिकै रहेको सरा सामुदायिक वनमा गुच्ची च्याउ संकलन गर्न गएको वेला भिर बाट लडेर फडेराको ज्यान गएको वडा नम्मर ३ का अध्यक्ष गजरा रावतले बताए । विहीबार विहान अन्दाजी १२ बजे तिर भिर बाट लडेर मृत अवस्थामा फडेरा फेला पारेका थिए ।
बैशाख महिना शुरुवात भए लगत्तै च्याउ उम्रने सिजन शुरु हुने भएकोले हुम्लाका अधिकाँस किसानहरु सामुदायिक वनमा गएर गुच्ची च्याउ टिप्ने गर्छन् ।
प्रतिकृया दिनुहोस्