Birendranagar Municipality

बालअधिकार सुनिश्चित गर्न अभिभावक मेला गरिने

विर तिरुवा /कालिकोट 
बालअधिकार सुनिश्चित गर्न अभिभावक मेला गरिने

१० बैशाख । प्रारम्भिक उमेरका बालबालिकाहरूको सर्वाङ्गीण विकासको अधिकार सुनिश्चितता तथा अभिभावकहरूको सचेतनाका लागि अभिभावक मेला हुने भएको छ ।

 

खाँडाचक्र नगरपालिकाको आयोजना तथा सेतो गुराँस वालविकास सेवा कालिकोटको सहजिकरणमा बैशाख १७ गते उक्त मेला संचालन हुने भएको हो ।


अभिभावक मेलामा प्रारम्भिक बालविकास उमेरका बालबालिकाको उपयुक्त स्याहार, हेरचाह तथा विकासका लागि जनचेतना जागरण गर्ने, प्रारम्भिक बाल्यावस्थादेखि बालबालिकाको स्याहारका लागि अभिभावक, विशेष गरी बुवाको सहभागिता र भूमिकाको महत्व बोध गराइने आयोजकको भनाई छ ।


यसप्रकारको मेला कार्यक्रमलाई नमूना कार्यक्रमको रूपमा अन्य स्थानिय तहमा सञ्चालन गर्न प्रोत्साहित गर्ने उदेश्यले पनि संचालन गर्ने सेतो गुराँस बाल विकास सेवा कालिकोटका जिल्ला संयोजक हुकुम शाहीले बताए ।


मेलामा विषेश गरी नवदम्पति, गर्भवती महिला, प्रारम्भिक उमेरका बालबालिकाहरू र तीनका अभिभावक तथा स्याहारकर्ताहरू, प्रारम्भिक बालविकास केन्द्र, पूर्व प्राथमिक कक्षाका सहजकर्ताहरू, अन्य सरोकारवालाहरुलाई लक्षित गरि गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कासी प्रसाद पंगेनिले जानकारी दिए ।

 

२०७६ बैशाख १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्