११ वैशाख । बुधवार विहानै धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको भुकम्प मापन केन्द्र काठमाण्डौले जनाएको छ ।
२०७२ बैशाख १२ गते नेपालमा विनासकारी भुकम्प गएको थियो । भूकम्पको त्रासले मानिसहरु सवै घरबाहिर निस्केका थिए ।
प्रतिकृया दिनुहोस्