११ वैशाख । हरेक वर्षको वैशाख ११ गते, लोकतन्त्र दिवस मनाउने गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते संसद विघटन गरी शासन सत्ता आफ्नो हातमा लिएका थिए ।
यो कदमको विरोधमा २०६२/०६३ मा १९ दिने जनआन्दोलन तत्कालीन सात दलको अगुवाईमा संचालन भएको थियो । फलस्वरुप २०६३ वैशाख ११ गते ज्ञानेन्द्रले संसद् पुनःस्थापना गरेका थिए । सोही दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउने गरिन्छ ।
यो विचमा नेपालको राजनितिमा ठुलो उथलपुथल भएको थियो । पुनःस्थापित संसद्ले जेठ ४ गते राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराउन सफल भएको थियो ।
जननिर्वाचित संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश घोषणा गर्ने ऐतिहासिक निर्णय गरेको थियो ।
यो विचमा पहिलो संविधान सभाले संविधान जारी गर्न नसेकपछि २०७० साल मंसिर ४ गते दोस्रो संविधान सभाको निर्वाचन प्रधानन्यायाधिश खिलराज रेग्मीको अध्यक्षतामा बनेको सरकारले सम्पन्न गरेको थियो । २०७२ साल असोज ३ गते जनताबाट निर्वाचित प्रतिनिधिहरुबाट पहिलो संविधान जारी भई कार्यान्वयनमा छ ।
यस विचमा सात प्रदेश र ७५३ स्थानीय तहमा समेत निर्वाचन भई जननिर्वाचित प्रतिनिधीहरु चयन भएका छन् । साथै देशमा पहिलो पटक स्थाई सरकार निर्माण भएको छ । मुलुकमा गणतन्त्रको स्थापना भएपनि जनताहरु यो राजनितिक परिवर्तनबाट सन्तुष्ट हुन सकेका छैनन् । व्याप्त भ्रष्टाचार, राजनितिक अस्थिरताले जनमानसमा निराशा छाएको छ ।
तस्विर :गुगल
प्रतिकृया दिनुहोस्