Birendranagar Municipality

भ्रामक समाचार प्रति राष्ट्रिय सभा अध्यक्षको आपत्ति

सेरोफेरो

२३ बैशाख । चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष शिर्षकमा नयाँ पत्रिका दैनिकमा मिति २०७५ वैशाख २२ गते प्रकाशित समचार र सो समचारलाई तोडमोड गरी अन्य अनलाइन तथा सामाजिक सञ्जालमा आएका समाचार प्रति राष्ट्रिय सभा अध्यक्षले गम्भिर आपक्ति जनाएका छन् ।

 

राष्ट्रिय सभा अध्यक्षका प्रेस विज्ञ अशोक पौडेलले जारी गरेको प्रेस विज्ञप्तीमा संसदमा निर्वाचित भएर आउने पदाधिकारी तथा सदस्यज्यूहरुलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ ले पारिश्रमिक तथा सुविधाको व्यवस्था गरेको उल्लेख छ । उक्त ऐनको दफा ५ ले आफ्नो कार्यकालभरको निमित्त पदाधिकारी र सदस्यले स्वकीय सचिवालयको लागि अनुसूची २ मा उल्लेख भए बमोजिमको कर्मचारी सुविधा पाउनेछ भन्ने व्यवस्था गरेको र सोही व्यवस्था बमोजिम सम्माननीय अध्यक्षज्यूको स्वकीय सचिवालयमा ८ जना कर्मचारी रहने व्यवस्था रहेको स्पष्टीकरण दिइएको छ ।


२०७५ पुषपछि संघीय संसद सचिवालयले पदाधिकारी तथा सदस्यज्यूहरुका स्वकीय कर्मचारीको पारिश्रमिक सम्बन्धित कर्मचारीकै बैंक खातामा जाने व्यवस्था मिलाउन सुरु गरेको जानकारी दिइएको छ । साथै राष्ट्रिय सभाका अध्यक्षको सचिवालयमा कार्यरत स्वकीय कर्मचारीको पनि व्यक्तिगत बैंक खाता माग गर्ने र प्राप्त भएकाहरुको हकमा सम्बन्धित कर्मचारीकै खातामा रकम पठाउने व्यवस्था भएको प्रेस विज्ञप्तीमा जनाइएको छ । सचिवालयमा कार्यरत सवारी चालक र कार्यालय सहयोगीको बंैंक खाता उपलब्ध भइ नसकेका कारण विगतमा जस्तै उनीहरुको पारिश्रमिक अध्यक्ष को खातामार्फत भुक्तानी भएको स्पष्ट पारिएको छ ।

 

सवारी चालकको खाता नम्बर हाल प्राप्त भएको र पारिवारिक कारणले नागरिकता प्राप्त गर्न कठिनाई भोगिरहेको कार्यालय सहयोगीको हकमा बैंक खाता खोल्न नसकेको र उक्त व्यक्तिहरुको नागरिकता बनाउन यस सचिवालयले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराइसकेको उल्लेख छ । साथै उनीहरुको बैंक खाता प्राप्त हुनसाथ सोझै व्यक्तिको खातामा जाने प्रबन्ध हुनेछ विज्ञप्तीमा भनिएको छ ।


प्रेस विज्ञप्तीमा भनिएको छ "यो यथार्थलाई तोडमोड गर्दै संघीय संसद सचिवलायको भुक्तानी भरपाईलाई समेत पत्रिकाले आफ्नो अनुकूल परिमार्जन गरी सि नंं. १३ देखि १६ सम्मका दुई हलुका सवारी चालक र कार्यालय सहयोगीको पारिश्रमिक ‘सम्माननीयको खाता’ लेखिएको ठाउँमा श्री गणेशप्रसाद तिमिल्सिना लेखेर त्यही नै आधिकारिक भरपाई जसरी प्रस्तुत गरिएको छ । साथै यथार्थ नबुझि सो तथ्यलाई तोडमोड गरी पत्रिकाको साभार गर्ने नाममा अन्य अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा सो रकम सम्माननीय ज्यूले नै आफ्नो पकेटमा राखेको, चालक र कार्यालय सहयोगीमा आफ्नै नाम राखेर चार जनाको तलब खाएको भनी गरेको कुप्रचार तथा पित पत्रकारिताप्रति खेद प्रकट गर्दछौं । यस्ता भ्रम तथा हल्लाका पछाडि नलाग्न सम्पूर्ण जनता तथा शुभ चिन्तकहरुमा आग्रह गर्दछौं ।"Press Note

 

२०७६ बैशाख २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्