Birendranagar Municipality

मन्त्रालय धाउदै जुम्लाका जनप्रतिनिधी

शुभाकर विश्वकर्मा /जुम्ला
मन्त्रालय धाउदै जुम्लाका जनप्रतिनिधी

२४ बैशाख । जुम्लाको पुर्वी क्षेत्रमा पर्ने पातारासी गाउँपालिकाको लोठचौरमा कर्णाली हाई अल्टिच्युड टेर्निङ सेन्टर निर्माणको लागि बजेट माग गर्न सांसद सहितको टोली मन्त्रालय धाईरहेको छ । जुम्लाका प्रतिनिधी सभा सदस्य गजेन्द्र बहादुर महत सहितको टोली एक साता देखी संघिय सरकारका विभिन्न मन्त्रालयमा धाइरहेको हो ।


सांसद, अन्य जनप्रतिनिधी र कर्मचारी सहितको टोली टेर्निङ सेन्टर निर्माणको लागि आवश्यक बजेट जुम्लाबाट राजधानी काठमाडौ पुगेको हो । हिमाली क्षेत्रको खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले निर्माण हुन लागेको सेन्टर कर्णाली कै उच्च भागमा पर्ने गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।


‘एक साता देखी विभिन्न मन्त्रालय धाईरहेका छौं’ उनले भने ‘पातारासी मात्र नभएर कर्णाली कै वृहत परियोजना हो । आगामी आर्थिक वर्षको बजेट आउने तयारी भईरहेकोले बजेटमा पार्न अहोरात्र हामी खटिरहेका छौं ।’


जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख बरम बहादुर महतले यहाँको खेलकुदमा अथाह सम्भावना भएपनि आवश्यक पुर्वाधार अभावमा ओझेलमा परेको बताए । अहिले सम्म टोलीले राष्टिय योजना आयोग, खेलकुद र अर्थ मन्त्रालयमा अनुरोध गरिसकेको छ ।


कार्यालय प्रमुख महतका अनुसार अहिले सम्म टोलीले राष्ट्रिय योजना आयोगका सदस्य मीन वहादुर शाहि, युवा तथा खेलकुद मन्त्री जगत सुनार (विश्वकर्मा) र राष्टिय खेलकूद परिषदका सदस्य सचिव केशव कुमार विष्टसंग भेटघाट गरि गरेका छन् ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले तीन वर्षमा सम्पन्न हुने गरि बजेट बिनियोजित गरिने प्रतिबद्धता जनाएको जानकारी दिए । ‘मन्त्री, सचिव ज्युहरुबाट बजेट विनियोजन गर्ने आश्वासन आएको छ, उहाँहरु सकारात्मक नै हुनुहन्छ । हामी आशावादी छौं’ उनले भने ।

२०७६ बैशाख २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्