२४ बैशाख । अपर कर्णाली जल विद्युत आयोजना हाक्तिको सुँड झर्ला र खाउँला भन्ने स्यालको उखान भएको प्रतिनिधी सभा सदस्य पार्वती बिसुन्केले बताएकी छन् । यसलाई सफल बनाउन सरकारले स्पष्ट रुपमा नीति तथा कार्यक्रममा समेट्नु पर्नेमा जोड दिइन् ।
नीति तथा कार्यक्रममा समेटिएका विभिन्न कार्यक्रमहरुमा कर्णालीको रैथाने सिपको विकास र बजारीकरण आवश्यक रहेको सांसद बिसुन्केले बताएकी छन् । दैलेखको पेटेलिएम पदार्थको उत्खनन्, जाजरकोटको पत्थर र तामाको उत्खनन् स्वागत योग्य भएको उनको भनाई छ ।
बैशाख २० गते राष्ट्रपति बाट जारी गरिएको सरकारको २०७६।०७७ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिने क्रममा सांसद बिसुन्केले कर्णालीको उत्तर नाकालाई प्राथमिकता दिन समेत आग्रह गरिन् ।
प्रतिकृया दिनुहोस्