सेरोफेरो
१९ जेठ सुर्खेत । जिल्ला खानेपानि सरसफाइ स्वच्छता समन्वय समिति (डिवाससिसि) सुर्खेतले निर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत एवम सम्मान गरेको छ । डिवाससिसिको आज बसेको बैठकले वीरेन्द्रनगर नगरपालीका, भेरीगंगा नगरपालिका, गुर्वाकोट नगरपालीकाका पदाधीकारीहरुलाइ स्वागत गरेको हो ।
बैठकले जेठ २२ देखि २७ (जुन ५ देखि ११) गते सम्म अठारौँ सरसफाइ सप्ताह भब्यरुपमा मनाउने समेत निर्णय गरेको छ । जिल्ला स्थित सम्पुर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुले कार्यालय हाता सफा गर्ने, कार्यालय परिसरमा ब्यानर राख्ने र समुदाय स्तरमा विभिन्न क्रियाकलाप समेत संचालन गर्ने निर्यण गरेको डिवाससिसिका सदस्य सचिव एवम् सि.डि.इ राम प्रसाद घिमिरेले जानकारी दिए ।
"खुला दिसा मुक्त गर्नु छ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व" भन्ने मुल नाराका साथ यस वर्षको सरसफाइ सप्ताह देशव्यापी रुपमा मनाइदैछ ।
कार्यक्रम जिल्ला समन्व्य समितिका निमित्त स्थानिय विकास अधिकारी टंकप्रकाश लामिछानेको अध्यक्षतामा सम्प्न्न भएको छ ।
प्रतिकृया दिनुहोस्