४ जेठ । सुर्खेत जिल्लाको लेकवेशी नगरपालिकामा सहभागितामुलक योजना निर्माण प्रक्रिया सम्बन्धि २ दिने अभिमूखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । नगर प्रमुख ,उप प्रमुख, वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, स्थानीय सभाका सदस्यहरु, रेडियो श्रोता समुहहरु र पालिकाका सबै शाखाका कर्मचारीहरु उक्त कार्यक्रम संचालन गरिएको हो ।
लेकवेशी नगरपालिकाको आयोजना तथा आर्थिक सहयोग सुन्दर नेपाल संस्थाको सुर्खेतको सहजिकरणमा सञ्चालित नागरिक समाज : पारस्पारिक जवाफदेहीता परियोजनाको सहजिकरण सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय स्तरको योजना तर्जुमा प्रक्रियाको बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा योजना तर्जुमाका प्रक्रिया, योजना छनौटका सात चरण, योजना छनौटका विधि र योजना प्राथमिकिकरण आधार लगायकतका विषयमा अभिमुखिकरण गरिएको थियो ।
कार्यक्रमको सहजिकरण पारस्पारिक जवाफदेहीता परियोजनाको कार्यक्रम संयोजक खिम रेग्मीले गरेको सुन्दर नेपाल संस्थाका कर्मचारी गगन खड्काले जनाकारी दिए ।
अभिमुखिकरण कार्यक्रम नगर प्रमुख गगनसिं सुनारको अध्यक्षातामा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्