५ जेठ । बालिकाको अधिकारको संरक्षणका लागी राष्ट्रिय संजाल गठन गरिएको छ । समतामूलक समृद्धि र सुखी नेपालको आधार, बालिकाका लागि समान अवसर र अधिकारको निम्ति स्थानीय तहदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पैरवी गर्ने उद्देश्यले नेपालमा बालिका अधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरुको पहलमा बालिका अधिकार संरक्षणको लागि राष्ट्रिय सञ्जाल गठन गरिएको हो ।
बाल विवाह, बालिका माथि हुने बलात्कार, शारीरिक तथा मानसिक हिंसा, दुव्र्यवहार, भेदभाव, जस्ता घटनाहरु बाहिर आउन थाले पनि सबै अपधारीहरु कानुनी दायरा भित्र आउन नसकेको अवस्थामा दवाव समुहको रुपमा यो समितिले काम गर्ने छ ।
बालिकाहरु मथि हुने सबै प्रकारका हिंसा, दुव्र्यवहारका घटनाका दोशीलाई कानुनी दायरामा ल्याउन अनुगमन तथा दवाव सिर्जना गर्ने, स्थानीय तह, प्रदेश र संघीय तहमा बन्ने हरेक नीति नियम कानुन, कार्यविधिहरु, कार्यक्रमको निर्माण र प्रभावकारी कार्यन्वयनको लागि पैरवी गर्ने उद्देश्यले सातैवटा प्रदेशमा बालिका अधिकारको क्षेत्रमा काम गर्ने २५ वटा संस्थाहरुको सहभागितामा संजाल गठन गरिएको हो ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेले संयोजक, स्वतन्त्रता अभियानकी ऋतु भट्टराई सह संयोजक, सदस्यहरुमा निर्जना भट्ट, सिविन, इराधा गौतम आवाज र नविन कुमार शाही क्रियाडक रहेको ५ सदस्यीय समिति समेत गठन गरिएको छ ।
गठन हुनु अगाडि संजालको आवश्यकता र उद्देश्यको विषयमा छलफल र प्रस्तुती भएको थियो ।
प्रतिकृया दिनुहोस्