Birendranagar Municipality

मानवअधिकार र कानुनी शिक्षा विषयक तालिम सम्पन्न

सेरोफेरो
मानवअधिकार र कानुनी शिक्षा विषयक तालिम सम्पन्न

९ जेठ । मानवअधिकार र कानुनी शिक्षा विषयक दुई दिने तालिम वीरेन्द्रनगर १५ रतुमा सम्पन्न भएको छ । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजना र वीरेन्द्रनगर नगरपालिका १५ नं. वडा कार्यालयको सहयोग र समन्वयमा उक्त तालिम सम्पन्न भएको हो ।

 

तालिममा वडा नागरिक मञ्चका पदाधीकारीहरुको सहभागीता रहेको थियो । तालिममा २०७५ भाद्र १ देखि लागु भएको मुलुकी फौजदारी संहिता २०७४ र मुलुकी देवानी संहिता २०७४ का प्रावधानहरु, घरेलु हिंसा, बालअधिकार, मानवअधिकारका विषयमा प्रशिक्षण गराइएको थियो ।


तालिमलाई हुरेक नेपालका अध्यक्ष अधिवक्ता गणेश वलीले सहजिकरण गरेका थिए ।


कार्यक्रममा बोल्दै टोलविकास संस्थाका अध्यक्ष घनध्वज रानाले कानुनी कक्षा पहिलो पटक प्राप्त गरेको र यसले गाउँमा घट्ने विभिन्न अपराधको पहिचान, समाधानको लागी चल्नुपर्ने कदमका वारेमा जानकारी हाँसिल गरेको बताए ।

 

यसैगरी सहभागी हरिलाल पोख्रेलले दुई दिने तालिम ज्यादै उपलब्धिमुलक भएको बताए । तालिमको सहभागी दिपा ढकाल हमालले घरेलु हिंसाबाट पिडित महिलाहरुको अधिकार र न्यायको लागी काम गर्न तालिममार्फत सजिलो भएको बताइन् ।

 

समापन कार्यक्रममा बोल्दै हेल्थपोष्ट रतुका ईन्चार्ज हरेराम शाहले कानुनी ज्ञानलाई समुदायको हितमा प्रयोग गर्न आग्रह गरे । तालिममा २५ जनाको सहभागीता रहेको हुरेक नेपाल सुर्खेतका कार्यसमिति सदस्य शक्तिबहादुर थापाले जानकारी दिए ।

२०७६ जेठ ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्