१४ जेठ । नरहरीनाथ गाउँपालिकामा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ साखा कार्यालय कालिकोट ले एक कार्यक्रमको आयोजना गरी जातिय विभेद न्युनिकरण गर्नका लागी सुझाव पत्र बुझाइएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, फिन्र्चच एडको सह–आर्थिक सहयोग, मिडिया एडभोकेसि गु्रपको सहकार्य र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ को कार्यान्वयनमा “ नेपालमा जातीय भेदभाव बिरुद्ध साझा आवाज र कार्यका लागी सहयोग” “साझा आवाज परियोजना” कालिकोट जिल्लाको नरहरीनाथ गाँउपालिकामा जनवरी २०१८ देखी हाल सम्म संचालन भईरहेको छ ।
गाउँपालिकामा परीयोजनाले जातीय भेदभावबाट प्रभावित जनताको आत्मासम्मानको प्राप्ती, भेदभाव विरुद्धको अधिकारको अनुभुति, सेवा र न्यायमा सहज पहुँच तथा अधिकारवाला समुहको प्रभावकारी सहभागिताका लागि परियोजना मार्फत सवैधानिक कानुन तथा नीतिहरुको कार्यान्वयन तथा जातीय भेदभाव विरुद्ध आम समुदायको ऐक्यवद्धता निमार्ण गरी योगदान पुर्याउने खालका काम कार्य संचालन गरीरहेको छ ।
गाउँपालिकामा जातिय भेदभावको न्युनिकरण गर्ने अभियान संचालन गर्ने क्रममा समुदाय स्तरमा भोज भतेर, दाससस्कार, मन्दिर प्रवेश, सेवा प्रवाहमा विभेद र अन्तर तथा फरक समुदाय विच हुने वैवाहिक सम्वन्ध मान्यता नदिनु तथा त्यस्ता जोडि समुदाय वाट विस्थापित हुने तथा दलित मैत्रि मंचहरु संचालनमा कमी हुनु जस्ता जातिय विभेदका घटनाहरु घटीरहेको हुँदा उक्तसमस्याहरु लाई नितिगत निर्णय गरी तथा निति नियम तयारपारी कार्यन्वयनमा जोड दिन का लागी १३ वुदे सुझाव पत्र गाउपालिका लाई परीयोजनाले पेश गरीएको परीयोजनाका जिल्ला संयोजक विर तिरुवा ले वताए ।
पालिका लाई पेश गरीएको सुझाव पत्र पालिका स्तरका ९ वडा वडा पालिकालाई पनि वोर्धाथ राखी पेश गरीएको थियो भने उक्त सुझाव कार्यान्वयन गर्नका लागी गाउपालिका कार्यपालिकाको क्याविनेटले सोहीदिन कार्यान्वयन गर्नका लागी निर्णय गरीसकेको र यथासिघ्र कार्यान्वयनमा लागी पर्ने र समावेशी समतामुलक समाज निर्माण गर्ने गाउँपालिका अध्यक्ष धिर बहादुर विष्टले वताए ।
प्रतिकृया दिनुहोस्