Birendranagar Municipality

'हाम्रो कार्यभार समृद्ध कर्णाली,खुशी कर्णालीवासी हो' : मुख्यमन्त्री शाही

सेरोफेरो

१५ जेठ । कर्णाली सरकारको कार्यभार समृद्ध कर्णाली, खुशी कर्णालीवासी‘ रहेको कर्णाली सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै मुख्यमन्त्री शाहीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पलाई आत्मासाथ गरी यस क्षेत्रको बृहत्तर हितमा प्रदेश सरकार लागेको सन्देशमा उल्लेख छ ।

 

नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्ररुपमा संचालन गरेका वलीदानीपुर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप जननिर्वाचित संविधानसभावाट मिति २०६५ जेष्ठ १५ गते आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणा भएको मुख्यमन्त्री शाहीले स्मरण गरेका छन् ।

 

गणतन्त्र दिवस २०७६ को यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई, दिदीवहिनीहरुमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु ।

 

मुख्यमन्त्री शाहीको सन्देशमा भनेका छन् 'गणतन्त्र स्थापनाको लागि आफनो ज्यानको आहुती दिने महान सहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र वेपत्ता, घाईते तथा अपाङ्गगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन, संविधान प्राप्तिका सवैखाले आन्दोलन तथा संघर्षमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।'

 

जनआन्दोलन र जनयुद्धको वलमा हामीले प्राप्त गरेका गणतन्त्र, नयाँ संविधान, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक प्रणाली सहितको संघीयता लगायतका उपलव्धिहरूको जगमा तीव्र गतिको आर्थिक, भौतिक तथा सामाजिक विकास गरी सामाजिक न्याय सहितको समृद्ध प्रदेश र समृद्ध राष्ट्र निर्माण गर्नु अहिलेको प्राथमिक कार्यभार हो मुख्यमन्त्री शाहीको सन्देशमा उल्लेख छ।

गणतन्त्र दिवस २०७६ को अवसरमा माननीय मुख्यमन्त्रीज्यूको शुभकामना

२०७६ जेठ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्