Birendranagar Municipality

ओली नेतृत्वको सरकारको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

सेरोफेरो
ओली नेतृत्वको सरकारको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

१५ जेठ । ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७६७७ को बजेट बुधावार सार्वजनिक गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका छन् ।

 

अर्थमन्त्री खतिवडाले चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरेका छन् ।


बजेट व्यवस्थापनमा राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

 

सरकारले कर्मचारीको तलब समेत बढाएको छ । बजेटमा रापजत्रांकितहरुको लागि १८ प्रतिशत र राजपत्र अनंकित २० प्रतिशत तलब वृद्धि गरिएको छ । त्यस्तै रेल, मेट्रो तथा मोनोरेलको विकासको लागि ७ अर्ब ७० करोड बजेट छुट्याइएको छ ।

 

भुकम्प पछिको पुन निमार्णको लागि १ खर्ब ४१ विनियोजन गरिएको छ ।उर्जा क्षेत्रको विकासको लागि ८३ अर्ब ४९ करोड विनियोजन भएको छ । सरकारले वृद्ध भत्ता र सामाजिक सुरक्षा भत्तामा एक एक हजार बढाएको छ ।


राष्ट्रपति चुरे संरक्षणको लागि १ अर्व ७४ करोड विनियोजन गरिएको छ ।
तस्विर : जनताटाईम्सबाट

२०७६ जेठ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्