Birendranagar Municipality

नेशनल ल कलेजको सातौं बार्षिक उत्सव सम्पन्न

सेरोफेरो/काठमाडौं
नेशनल ल कलेजको सातौं बार्षिक उत्सव सम्पन्न

२० जेठ । नेशनल ल कलेजको सातौं बार्षिक उत्सव सोमवार सम्पन्न भएको छ । निजि स्तरबाट संचालित कलेज २०६९ मा स्थापना भएको हो । स्थापनाको सात वर्ष वितिसक्दा त्रिभुवन विश्वविद्यालयको अंगिक क्याम्पसको रुपमा रहेको यस कलेजले कानुनको पाँच वर्षे विए एल एल वि र दुई वर्षे स्नातकोत्तर तह एल एल एम संचालन गरेको छ ।

 

समारोह बोल्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले नेपालमा कानुनका जनशक्तिको अझै अभाव रहेको र यसको परिपुर्तीको लागी नेशनल ल कलेजले ठुलो योगदान दिइएको बताए ।

यस्तै सर्वोच्च अदालतका न्यायाधिश सपना प्रधान मल्लले समाजका हरेक क्षेत्रलाई नै नेतृत्व दिने न्याय क्षेत्रले सवल र सक्षम जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिईन् ।

 

कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले देशको नयाँ संरचना अनुसार न्याय क्षेत्रका जनशक्ति सवै ठाउँमा अपुग भएकोले यस कलेजले दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे । शर्माले स्थानिय तहका न्यायीक समितिमा कानुनी अन्यौलता रहेकोले यसलाई सहज बनाउन कानुनका विद्यार्थीहरुले सहयोग गर्नुपर्ने धारणा राखे ।


कार्यक्रममा सभा अध्यक्ष सुर्य ढुङ्गेलले यो कलेज स्थापना गर्दा धेरै चुनौतीहरु सामना गर्नुपरेको स्मरण गर्दे यसले देशको न्याय क्षेत्रलाई सुधार गर्ने सक्षम जनशक्ति उत्पादन गर्ने बताए ।

कार्यक्रममा बोल्दै कलेजका निर्देशक डा. रामकृष्ण तिमिल्सेनाले गुणस्तरीय शिक्षा प्रदान गरी कानुनी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरिरहेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

२०७६ जेठ २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्