Birendranagar Municipality

उत्पादन र रोजगारमुखी नीति कार्यक्रम ल्याउन कर्णाली सरकारलाई सुझाव

सेरोफेरो
उत्पादन र रोजगारमुखी नीति कार्यक्रम ल्याउन कर्णाली सरकारलाई सुझाव

२१ जेठ । कर्णालीवाट प्रतिनिधित्व गर्ने संघीय संसदहरुले १० वर्षभित्रै समृद्ध प्रदेश निर्माण गर्ने गरि आगामी नीति तथा कार्यक्रम ल्याउन कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन् । मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित सुझाव संकलन कार्यक्रममा वोल्दै प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका साँसदहरुले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन सुझाव दिएका हुन ।

 

कार्यक्रममा वोल्दै प्रतिनिधि सभा सदस्य तथा पुर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले जनताको जीवनमा परिवर्तन देखिने गरि सरकारले काम गर्नुपर्ने आवश्यकता औल्याय । पुर्वमन्त्री प्रभाकरले तथ्याङकमा वजेट खर्च देखाएर मात्र नहुने भन्दै वजेट खर्चको प्रभाव जनताको जीवनस्तरमा देखिनुपर्ने बताए ।

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको कर्णाली प्रदेश ईन्चार्ज समेत रहनुभएका नेता प्रभाकरले भौतिक पुर्वाधार विकास प्राधिकरण, आयुर्वेदिक विकास आयोग जस्ता संरचना निर्माणको नीति लिन प्रदेश सरकारलाई सुझाव दिए। नेता प्रभाकरले सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन कर्मचारी प्रशासनलाई उत्साहीत गर्नुपर्नेमा जोड दिए।


यसैगरि कार्यक्रममा वोल्दै राष्ट्रियसभाका साँसद जीवन वुढाले कर्मचारी, कानुन र संरचना अभावका वावजुद पनि प्रदेश सरकारको १ वर्षे कार्यकाल सन्तोषजनक रहेको वताए । साँसद वुढाले १ वर्षे अनुभवका आधारमा सरकारको कार्यसम्पादन आगामी वर्षदेखि नतिजामुखी र प्रभावकारी हुनुपर्नेमा जोडदिए ।

 

यसैगरि प्रतिनिधि सभा सदस्य राजवहादुर वुढाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा उत्पादनमुलक आयोजना समावेश गर्न सुझाव दिए । आर्थिक विकासका क्षेत्रमा सरकारले काम गर्नुपर्ने वताउदै वुढाले एउटा मात्रै भएपनि प्रदेशको दिर्घकालीन आयश्रोत वन्ने खालको योजना अघि सार्न आग्रह गरे ।

 

राष्ट्रिय योजना आयोगका सदस्य मिनवहादुर शाहीले कर्णालीको वहुआयामिक गरिवि हटाउन रोजगारमुलक कार्यक्रममा जोड गर्नुपर्ने बताए । कर्णालीको विकासका लागि प्रदेश योजना आयोगसंग सहकार्य गर्न राष्ट्रिय योजना आयोग तयार रहेको वताउदै योजना निर्माण र कार्यान्वयनका लागि प्रदेश योजना आयोगको कार्यक्षमता अभिवृद्धिका लागि सरकारले ध्यान दिनुपर्ने धारण राखे ।

 

कार्यक्रममा सहभागि सांसदहरुले कर्णालीमा रहेको जलविद्युत, पर्यटन, कृषि, खनिज र जडिवुटीको उचित परिचालनले प्रदेशको आर्थिक समृद्धि सम्भव भएको वताउदै कार्यान्वयनमुखी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । उनीहरुले केन्द्र सरकारसंग कर्णालीको भौगोलिक विकटता, गरिवि र अविकासको स्थितिलाई ध्यान दिएर संवोधन गर्न पनि माग गरिरहेको वताउदै कर्णालीको विकासको लागि आफुहरुपनि चिन्तित रहेको वताएका छन् ।

 

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सवै क्षेत्रको राय सुझाव लिएर प्रदेश सरकारले कर्णालीको समृद्धिको खाका सहितको नीति कार्यक्रम ल्याउन लागेको बताए । मुख्यमन्त्रीले कानुन, संरचना र कर्मचारी अभावका कारण जनताको अपेक्षा वमोजिम चालु आर्थिक वर्षमा विकास वजेट खर्च गर्न नसकेको वताउदै आगामी वर्ष ठुला र परिणाममुखी योजना ल्याईने धारणा प्रतिवद्धता व्यक्त गरे ।

२०७६ जेठ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्