Birendranagar Municipality

इलाम र पाँचथर मालपोत कार्यालय नमुना घोषणा : जनमैत्री सेवा प्रवाह गर्न मन्त्री अर्यालको निर्देशन

सेरोफेरो/काठमाडौं
इलाम र पाँचथर मालपोत कार्यालय नमुना घोषणा : जनमैत्री सेवा प्रवाह गर्न मन्त्री अर्यालको निर्देशन

जेठ २१ । मालपोत कार्यालय इलाम र मालपोत कार्यालय पाँचथरलाई नमुना मालपोत कार्यालय घोषणा गरिएको छ । विशेष कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार र सोमबार यी दुई मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गरेकी छन् ।


कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले अबको सेवा जनता खुसी हुने सेवा हुनुपर्ने बताईन्। जनताले सेवा लिन आउदा कर्मचारीबाट अपमानित महसुस गर्नेखालको व्यवहार हुन नहुने मन्त्री अर्यालले भनाई छ । 'सबैलाई समान ढंगको व्यवहार गर्नुस्। जनमैत्री व्यवहार, जनता खुसी हुने हिसाबले व्यवहार गरौ। सानोतिनो लोभ लालच नगरौ', मन्त्री अर्यालले सो अवसरमा भनिन्, 'भावना, स्वाभिमानमाथि आच आउने काम नगर्नुस्। क्विक रेश्पोन्स (तत्काल रेस्पोन्स) गरिदिनुस्। नपुगेको ल्याएर आउन भन्नुस् ।'


केही अघि अनलाइन सेवा शुरु गरेपछि यो मन्त्रीले के गर्न खोजेको भनेर बाहिरबाटै सेवाग्राहीलाई भड्काउने काम गरिएको भन्दै मन्त्री अर्यालले प्रविधिको प्रयोगले धेरै समस्या समाधान हुने बताइन् । मन्त्रालयसँग जोडिएका केही कार्यालयहरूप्रति जनताले प्रश्न उठाइरहेको भएको भन्दै मन्त्री अर्यालले केही कर्मचारीले गरेको बदमासीका कारण सिंगो संस्थामाथि प्रश्न उठेको उनको भनाई छ ।


बिस्तारै पेपरलेश सिस्टममा जान खोजेको भन्दै मन्त्री अर्यालले शुद्धताको सुरुआत आफुबाटै गर्नुपर्छ आफू ठिक भयो भने सबैलाई ठिक पार्न सकिन्छ भन्ने मान्यताले अगाडी बढेको बताईन् । देशैभरका कार्यालयलाई नमुना बनाउने, डिजिटलाइजेसनमा लैजाने तयारीमा रहेको मन्त्रीको भनाई छ।


देशभर १३१ वटा मालपोत कार्यालय मध्ये हालसम्म ६० कार्यालयमा अनलाइन सेवा शुभारम्भ भइसकेको छ ।

यस्ता छन् नमुना मालपोतका विशेषताहरुः
टोकन प्रणाली
कम्प्युटर प्रणाली
क्यासलेस सेवा
डिजिटलाइज्ड अभिलेख
सूचना प्रविधिमैत्री कार्यालय
जनताको सहज पहुँच
वान डोर सिस्टम
हेल्पडेस्क
प्रतिक्षालय
टेलिभिजन
अपांगमैत्री शौचालय
स्तनपान कक्ष
तातो र चिसो पानीको व्यवस्था

२०७६ जेठ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्