२१ जेठ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएका छन् । उनले न्युज २४ को कार्यक्रम सिधा कुरा जनतासंग कुरा गर्दे आफु विरुद्ध समाचार लेख्ने पत्रकारलाई भौतिक कार्वाही गर्ने धम्की दिएका छन् ।
पत्रकारलाई कालो मोसो दलेर शहरमा घुमाउने समेत धम्की दिएका छन् । कानुन, अदालत र संविधान बुर्जवाले देखाउने कुरा हो, उनले भने । धम्की पुर्ण रुपमा आफु नेकपाको कार्याकर्ता भएको र केपी शर्मा ओली, प्रचण्ड, झलनाथ र माधव नेपाललाई समेत यो विषयमा भन्न समेत चुनौती दिएका छन् ।
जे गर्नु छ गर्नुस्, जहाँ जानुछ जानुस् आक्रोशित शैलीले प्रस्तोता रवि लामिछानलाई उनले धम्की दिए । जस्तालाई तेस्तै ढिडोलाई निस्तै भन्दै सवैलाई तहलगाउने समेत धम्की दिए । मानव अधिकारको खिल्ली उडाउदै उनले दादागीरी देखाउने धम्की दिए । उनले पुलीस र अदालतको बाटो म देखाउछु भन्दै पत्रकारको अपमान समेत गरे ।
हेर्नुहोस् भिडियो :
प्रतिकृया दिनुहोस्