Birendranagar Municipality

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम : 'कर्णालीको पानी सवैको लगानी' (पूर्णपाठ)

सेरोफेरो
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम : 'कर्णालीको पानी सवैको लगानी' (पूर्णपाठ)

२२ जेठ । कर्णाली प्रदेश सरकारले आ.व २०७६।०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले बुधवार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

 

कर्णाली सरकारले विद्युतलाई आफ्नो प्राथमिकतामा राखी 'कर्णालीको पानी सवैको लगानी' कार्यक्रम अगाडी सारेको छ । विभिन्न विद्युतिय आयोजनाहरुमा जनताको शेयर समेत रहने गरी कर्णाली उज्यालो कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै बबई डाईभर्सनबाट ९ मेगावट विद्युत निकाल्ने योजना समेत सरकारले अगाडी सारेको छ ।


नीति तथा कार्यक्रममा 'एक घर एक धारा, विद्यालय र स्वास्थ्य संस्थामा खानेपानी' भन्ने कार्यक्रम समेत अगाडी सारेको छ । यस्तै पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेटिएका छन् ।

 

गुणस्तरीय कृषि उत्पादन, उचित प्रशोधन, भण्डारण तथा बजारीकरण, र कृषिमा आधुनिकीकरण, व्यावसायिकरण, यान्त्रिकीकरण, विविधीकरण एवं विशिष्टीकरण गर्ने र प्राङ्गारिक खेतीलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्ण पाठ (PDF) :

२०७६ जेठ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्