२४ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले उद्योग, वाणीज्य तथा आपुर्ती मन्त्री मातृका यादवलाई फोन सम्पर्क गरी पेट्रोलियम पदार्थको भण्डारणको लागि जग्गा प्राप्तीको फाईल अगाडि वढाईदिन समेत आग्रह गरेका छन्।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण व्यवस्था गर्न नेपाल आयल निगमलाई आग्रह गरेका छन् । पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्वन्धि दिर्घकालीन रणनैतिक सुधार सम्वन्धि उच्चस्तरीय कार्यदलको टोलीसंग मुख्यमन्त्री कार्यालयमा शुक्रवार भएको भेटवार्तामा मुख्यमन्त्रीले आग्रह गरेका हुन् ।
हालसम्म कर्णालीमा एउटा पनि पेट्रोलियम पदार्थको भण्डारण नरहेको भन्दै मुख्यमन्त्री शाहीले असहज परिस्थितिमा पेट्रोलियम पदार्थको आपुर्तिको लागि भण्डारणको आवश्यकता जरुरी भएको बताए ।
भेटवार्तामा निगमको टोलीले पेट्रोलियम पदार्थको भण्डारण व्यवस्थाको लागि जग्गा प्राप्तीको समस्या रहेको भन्दै सहजीकरणका लागि मुख्यमन्त्री शाहीलाई आग्रह गरेको थिए। जवाफमा मुख्यमन्त्री शाहीले कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट र डोल्पामा समेत ढुवानी गर्न सहज हुने गरि सुर्खेतको छिन्चुमा भण्डारण केन्द्र राख्न उपयुक्त हुने भन्दै जग्गा प्राप्तीको लागि आफुले संघीय सरकारसंग पहल गर्ने बताए।
भेटवार्ताको क्रममा मुख्यमन्त्री शाहीले केन्द्र सरकारले आयात व्यवस्थापन गर्ने र प्रदेश सरकारले वितरणको व्यवस्थापन गर्ने नीति वनाउन आवश्यक रहेको पनि बताए ।
आयल निगम घाटामा छ भन्ने कुरा जनतालाई मन नपरेको भन्दै मुख्यमन्त्री शाहीले ढुवानी, भण्डारण र वितरणमा हुने चुहावट नियन्त्रण गर्न पनि आयल निगम गम्भीर वन्नुपर्ने सुझाव दिए ।
भेटवार्तामा पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्वन्धि दिर्घकालीन रणनैतिक सुधार सम्वन्धि उच्चस्तरीय कार्यदलका सदस्य विमल प्रसाद वाग्ले, कृष्ण आचार्य र आयल निगम सुर्खेतका प्रमुख दिपक घिमिरेको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्