Birendranagar Municipality

सहकारीको चर्को व्याजलाई नियन्त्रण गर्नुपर्छ : मन्त्री अर्याल

सेरोफेरो
सहकारीको चर्को व्याजलाई नियन्त्रण गर्नुपर्छ : मन्त्री अर्याल

२५ जेठ, पोखरा । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी जनताको संस्था हुँदा हुँदै पनि पनि चर्को व्याज लगाएको गुनासो आएको बताएकी छन् ।

 

सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीयतहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रर्वद्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारीले चर्को व्याज लगाएको सुनेको बताउदै जनताको सिधा पहुँच रहेका सहकारीले चर्को व्याज लिन नहुने बताईन्।


सदस्यले धान्न नसक्ने ब्याजदर सहकारीले लगाउन नहुने मन्त्रीको भनाइ थियो। ‘सहकारीमा अधिकांस न्युन आय भएका शेयर सदस्य रहेका छन। शेयर सदस्यले धान्न नसक्ने व्याजदर निर्धारण गर्नु भएन’, मन्त्री अर्यालले सो अवसरमा भनीन्।


मन्त्री अर्यालले ग्रामिण तथा विपन्न वर्गको पहुँच पुर्‍याउने गरी कार्यक्षेत्र विस्तार गर्न सहकारीहरुलाई सुझाव समेत दिईन्। स्थानीय समुदाय र महिलाको उद्यमशिलताको विकासमा ध्यान दिन मन्त्री अर्यालले अनुरोध समेत गरिन् ।

२०७६ जेठ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्