Birendranagar Municipality

नेशनल प्याब्सन सुर्खेतको अध्यक्षमा खनाल चयन

सेरोफेरो/सुर्खेत
नेशनल प्याब्सन सुर्खेतको अध्यक्षमा खनाल चयन

२५ जेठ, सुर्खेत । राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) सुर्खेतको अध्यक्षमा दिपेन्द्र राज खनाल सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला कार्यसमितिको चौथो अघिबेशनले खनाललाई अध्यक्षमा चयन गरिएको हो ।


यसैगरी उपध्यक्षमा कुसुम भट्टराई चयन भएका छन् भने सचिवमा राजु ढकाल, सह सचिवमा पदम राज रिमाल, कोषाध्यक्षमा दिपक खड्का, सह कोषाध्यक्षमा उत्तम गिरी चयन भएका हुन् । सदस्यहरुमा गोपाल प्रसाद शर्मा, सुदर्शन खड्का, काँसीप्रसाद कोइराला, राजेन्द्र शर्मा, नारद प्रसाद रेम्मी, धनश्याम खड्का र दिनेश खत्री चयन भएका हुन् । 

 

अधिबेशनमा राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपालका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले नीजि क्षेत्र तथा आवासिय विद्यालयको विकासको लागि प्रतिवद्ध भएर अघि बढ्ने बताए ।


पछिल्लो समयमा सरकारले ल्याएको शिक्षा विधेयकमा नीजि तथा आवासिय विद्यालयलाई कुण्ठित गर्न खोजिएको भन्दै उनले त्यसको विरोध गर्ने बताए । साथै उनले विद्यालयहरुलाई उक्त विधेयक देखि नआत्तीन समेत आग्रह गरे ।

२०७६ जेठ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्