Birendranagar Municipality

के हो भोटो जात्रा ? (फोटो कथा)

गणेश ओली/सेरोफेरो
के हो भोटो जात्रा ? (फोटो कथा)

२६ जेठ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा आईतवार सम्पन्न भएको छ । रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो देखाईएको हो ।

 

रथ जावलाखेल ल्याएको चौथो दिनमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ठ व्यक्तिहरुका माझ भोटो देखाएर जात्रा मनाइएको हो ।

के हो भोटो जात्रा ?
बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटो कसको हो भन्ने विषयमा भक्तपुरका एक जना ज्यापू वैद्यले झगडा गरेको र भोटो कसको हो भनी प्रमाण पेश गर्न नसकेकोले हरेक वर्ष यो भोटो देखाउने गरिन्छ ।

13

भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दावी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ । लामो समय वितिसक्दा सम्म भोटोमा कसैले सप्रमाण दावी गर्न सकेका छैनन् । भोटोको खास हकदार दावी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथको रहने जनविश्वास रहेको छ ।


भोटो जात्रा लिच्छबि कालबाट मनाउने गरिएको जनविश्वास छ । कपडामा पोको पारेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न हरेक वर्ष जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लाग्ने गर्दछ।

ललितपुरकी कुमारीबाट टीका प्रसाद ग्रहण :
राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरकी कुमारीबाट टीका र प्रसाद ग्रहण गरेकी छन् । राष्ट्रपति संगै उपराष्ट्रपति नन्दकिशोर पुन र अन्य विशिष्ट व्यक्तिहरुले समेत टीका प्रसाद ग्रहण गरेका हुन् ।

3
भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा बादल, सरकारका मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरु जावलाखेल पुगेका थिए ।

 

आईतवार काठमाडौ उपत्यका भर सार्वजनिक विदा दिइएको थियो ।
1

11

9

10

12

2

4

5

8

तस्विर : गणेश ओली/सेरोफेरो

२०७६ जेठ २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्