Birendranagar Municipality

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा अषाढ १४ गते हुने

सेरोफेरो/सुर्खेत
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा अषाढ १४ गते हुने

२७ जेठ । नेपाल पत्रकार महाँसघ कर्णाली प्रदेश समितिको साधारणसभा २०७६ अषाढ १४ गते गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष श्री दुर्गा थापाको अध्यक्षतामा बसेको उक्त बैठकले साधारण सभा सम्पन्न नगरेका जिल्ला शाखाहरु लाई २०७६ जेष्ठ मसान्त सम्म साधारणसभा गर्न पत्रचार गर्ने निर्णय गरिएको छ ।

 

यसैगरी प्रदेशको साधारणसभा भब्यरुपमा सम्पन्न गर्न अध्यक्ष श्री दुर्गा थापाको संयोजकत्वमा प्रदेश समितिका पदाधीकारी तथा सदस्यहरु र सुर्खेत शाखाका अध्यक्ष सदस्य रहेको मुल ब्यवस्थापन समिति गठन गरिएको छ । साधारणसभालाई ब्यवस्थीत र मर्यादित वनाउन विभिन्न उप समिति गठन गरिएको छ । 

 

आर्थीक उपसमितिमा संयोजक दुर्गा थापा, सदस्यहरु कमल पन्त, दिपेन्द्र शर्मा, पवित्र शाही सुरेन्द्र खत्री, कृष्णराज धमला, गोविन्द केसी कृष्ण आचार्य,असोक सिंह रहेका छन् । यसैगरी आभाष ब्यवस्थापन समितिको संयोजक कमल पन्त र सदस्यहरु सुरेन्द्र खत्री, गोविन्द केसी,विष्णु प्रसाद न्यौपाने, गोपाल रेग्मी, दाना शाही र सुर्खेत शाखाका पदाधीकारीहरु रहेका छन् ।

 

प्रचार प्रसार तथा प्रतिनिधी ब्यवस्थापन उपसमिति संयोजक दिपेन्द्र शर्मा र सदस्यहरु पवित्र शाही, गणेश सिर्पाली, असोक सिंह, छपाल लामा, कृष्णराज धमला , कृष्ण आचार्य लाई जिम्मा दिईएको छ ।

 

प्रतिवेदन लेखन उपसमिति संयोजक दिपेन्द्र शर्मा र सदस्यहरु पवित्र शाही, गणेश सिर्पाली, अतिथि सत्कार उपसमिति संयोजक डम्मर आचार्य सदस्यहरु मन्दीर सिंह, कृष्णामाया उपाध्याय, श्रीप्रसाद चौधरी, स्वयमसेवक तथा स्थास्थ्य उपसमितिको संयोजक पवित्र शाही र सदस्यहरु गणेश विक, सन्तोष घर्ती,नविन पौडेल रहेको महासचिव दिपेन्द्र शर्माले जानकारी दिए ।

२०७६ जेठ २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्