Birendranagar Municipality

प्रधानमन्त्रीको चुनाव आज : एमालेको अवरोध कायमै

प्रधानमन्त्रीको चुनाव आज : एमालेको अवरोध कायमै

सेरोफेरो

२१ जेठ, काठमाडौं । व्यवस्थापिका संसद्ले आज हुने नयाँ प्रधानमन्त्रीको निर्वाचनको तय गरेको छ । प्रमुख प्रतिपक्षि एवम् संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै संसदमा अवरोध जारी राख्ने निर्णय गरेको छ । यस अवस्थामा आइतवारका लागि निर्धारण गरिएको प्रधानमन्त्रीको निर्वाचन अनिश्चित देखिएको छ ।

 


नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् संसद प्रकाश ज्वालाले निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा पुन निर्वाचन गर्ने भनि गरेको निर्णय षडयन्त्रपुर्ण भएको भन्दै पार्टिले सडक र संसदमा विरोध गर्ने जानकारी दिए ।

 

उनले यो विषयमा अदालत सम्म जान सकिने संकेत समेत गरे । सेरोफेरो संगको कुराकानीमा ज्वालाले संसदको सम्पुर्ण कार्यसुचिमा अवरोध गर्ने समेत बताए । उनले भने प्रधानमन्त्रीको चुनाव होस् वा अन्य कुनै संसदको सवै कार्यसुचिमा हाम्रो विरोध रहन्छ ।

 

संविधान तथा नियमावलीका आधारमा सभामुख ओनसरी घर्तीलाई संसदको प्रक्रिया अगाडि बढाउने अधिकार छ । संसद्का कानूनी सल्लाहकार अर्जुनकुमार खड्काले विपक्षीहरुले संसद् चल्नै नदिई अवरोध पुर्याएमा सभामुखले बैठक सञ्चालनमा के गर्ने भन्ने उपयुक्त निर्णय लिन सक्ने बताए । तर सभामुखले एमालेको अवरोधका विच प्रकृया अगाडि बढाउने पक्षमा नभएको स्रोतले जनायो ।

२०७४ जेठ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्