२७ जेठ । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि दिन कबुल गरेको एक अर्ब ६० करोड रुपैयाँ नेपाललाई हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् । आइतवार अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच सो रकम हस्तान्तरण गरिएको हो ।
भारतबाट प्राप्त सो रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने छ । यसअघि सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणको लागि २ अर्ब १० करोड सहयोग गरेको थियो ।
२०७२ वैशाख १२ गोखराको बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि आयोजित अन्तराष्ट्रिय सम्मेलनमा भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुरुप भारतले आज १ अर्व ६० करोड रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
जनताटाईम्सबाट
प्रतिकृया दिनुहोस्