२९ । टिपरको ठक्करबाट सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह-सचिव रहेका गेलाङलाई भेरीगंगा नगरपालिका ८ लोदेमा बा ५ ख १६८३ नम्वरको टिपरले ठक्कर दिएको हो ।
भे ८ प ७६०४ नम्वरको मोटरसाइकलमा सवार गेलाङलाई ठक्कर दिने टिपरका चालक फरार रहेको र उसको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जनाए।
समाचार संकलनको क्रममा छिन्चुबाट मेहेलकुना तर्फ जाँदै गरेका ३५ बर्षिया पत्रकार गेलाङ लेकबेसी नगरपालिका ७ कल्यान निवासी हुन् ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आज एक विज्ञप्ती जारी गर्दे एकपटक ठक्कर दिएर पुन ब्याक गरि शरिरको माथिल्लो भागमा किचेको स्थानीयले जानकारी दिएको जनाएको छ । अध्यक्ष गणेश कन्चन भारती र सचिव सुदिप पुरीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा फरार चालकलाई खोजी गरी कानुनी कारवाही गर्न माग गरिएको छ ।
साथै घटनाप्रति पत्रकार महासंघ कर्णाली प्रदेशले समेत शोक विज्ञप्ति जारी गर्दे महासंघले सक्रिय, जुझारु र युवा पत्रकार गुमाएको जनाएको छ । प्रदेश समितिका महासचिव दिपेन्द्र शर्माद्वारा हस्ताक्षरीत विज्ञप्तिमा घटनाको निष्पक्ष छानविन गर्न र दोषीलाई कानुनको दायरामा ल्याउन माग गरिएको छ ।
प्रतिकृया दिनुहोस्