१ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भईरहेको बताएका छन् । आईतवार वीरेन्द्रगरमा भएको सिभिल वैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उद्घाटन कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने दावी समेत गरे ।
मुख्यमन्त्री शाहीले सरकारको नेतृत्वका विरुद्ध जनता माझ भ्रम श्रृजना गर्दै संघीयता नै ठिक छैन भन्ने जनमत निर्माण गर्ने उद्धेश्यले गरिएका यस्ता प्रचारवाजी विरुद्ध जनता सचेत रहनुपर्ने बताए । मुलुकमा कानुनी शासन रहेको वताउदै सरकारमा वस्नेहरुले भ्रष्ट्राचार गरेको पाईएमा कानुन वमोजिम दण्ड हुने वताउदै मुख्यमन्त्री शाहीले सरकार सुशासन कायम गर्न प्रतिवद्ध रहेको प्रष्ट समेत पारे ।
संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिदै मुख्यमन्त्री शाहीले नेपालमा पनि कानुनी राज्य भएको र गैरकानुनी काम गर्ने जो कोहीले पनि गल्ती अनुसारको सजाय भोग्ने दावी बताए । संघीयता विरोधी समुहहरुले फैलाएजस्तो अहिलेको सरकारले कुनै पनि जनविरोधी काम नगरेको मुख्यमन्त्री शाहीले दावी गरे ।
संभावनाको खानी रहेको कर्णालीमा आर्थिक विकासको लागि वित्तिय संस्थाहरुको महत्वपुर्ण भुमिका हुने वताउदै मुख्यमन्त्री शाहीले उत्पादनमुलक र रोजगारी श्रृजना गर्ने क्षेत्रमा वैंकहरुले लगानी गर्नुपर्ने बताए । उहाँले साना तथा स्वरोजगारमुलक व्यवसायमा पनि लगानी वढाउन आग्रह गरे । मुख्यमन्त्री शाहीले वैंकहरु नाफामुखी मात्रै भएको भन्ने जनगुणासोलाई पनि वैंकहरुले ख्याल गर्नुपर्ने बताए।
व्यवसायीको लगानी डुव्न नदिन उपभोगमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने वताउदै मुख्यमन्त्री शाहीले लगानी सुरक्षाको वातावरण वनाउन प्रदेश सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गरे।
सिभिल वैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश साँसद ठम्मर विष्ट, पदमवहादुर रोकाय र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमवहादुर शाहीले वैंकको सफलताको शुभकामना दिएमा थिए ।
प्रतिकृया दिनुहोस्