१ असार ।कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभामा आ.व २०७६/०७७ को लागी ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । बजेटमा हरेक जिल्लामा पचास शैयाको विषेशज्ञ सेवा उपलब्ध गर्ने अस्पातालको विकास गर्ने उल्लेख छ । जसको लागी १३ करोड २५ लाख विनियोजन गरिएको छ । साथै प्रदेश अस्पाताललाई ३०० शैयामा स्तरोन्नतीको लागी २० करोड ५ लाख विनियोजन गरिएको छ ।
बजेटमा पुर्वाधार विकासलाई प्राथमिकता दिईएको छ । एक निर्वाचन क्षेत्र एक सडकलाई प्राथमिकता दिदै २४ वटा सडकलाई बहुवर्षिय आयोजनाको रुपमा अगाडी बढाइएको छ ।
प्रस्तुत बजेटको स्रोत मध्ये आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ भने चालु बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ ।
यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ । समपुरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुनेछ भने नपुथ ७५ करोड आन्तरिक ऋणबाट जुटाइने उल्लेख छ ।
बजेटको पूर्णपाठ :
प्रतिकृया दिनुहोस्