Birendranagar Municipality

काँग्रेसका सांसदहरुको नाराबाजीका कारण प्रधानमन्त्रीले संसदमा बोल्न पाएनन्

सेरोफेरो/काठमाडौं
काँग्रेसका सांसदहरुको नाराबाजीका कारण प्रधानमन्त्रीले संसदमा बोल्न पाएनन्

३ असार । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्न पाएनन् । सभामुख कृष्णबहादुर महराले बैठकको शुरुमा प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि कांग्रेसका सांसदहरु आफ्नो ठाउँबाट उठेर विरोध गरेका हुन् ।

 

प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय लिएका थिए । करिव ४५ मिनेट ढिलो बसेको बैठक शुरुमै नाराबाजी गर्दे कांग्रेस सांसदहरु उभिए ।

 

कांग्रेस सांसदहरुले प्रतिपक्षको कुरा सुन्न आग्रह गरे । तर सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बारम्बार बताईरहे । प्रधानमन्त्री रोष्टममा पुग्ना साथ विपक्षी सांसदहरु हृवेल घेर्न अगाडी आए र संसद अवरुद्ध गरे । अर्को बैठक असार ४ गतेका लागी राखिएको छ ।

२०७६ असार ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्