४ असार । कोहलपुर सुर्खेत १३२ केवी प्रशारण लाईन हाल सम्म अगाडी नवढेको विषयमा सुर्खेत क्षेत्र नम्वर २ का सांसद नवराज रावतले प्रश्न गरेका छन् । सवै प्रकृया अगाडी बढेर विद्युत विकास विभागमा फाईल रोकिएको प्रति उर्जा मन्त्री बर्षमान पुनलाई प्रतिनिधी सभाको आजको बैठकमा प्रश्न गरेका हुन् । सांसद रावतले आउदो आ.वमा टेन्डर गराउन समेत अनुरोध गरेका छन् ।
यो प्रशारण लाईनका लागी १५ करोड बजेट आवश्यक भएपनि ४ करोड मात्र छृट्याइएको प्रति गुनासो गरे । अपर कर्णाली जिएमआर ले जिम्मा लिएको ८ वर्ष भएपनि यस वर्षको बजेट तथा नीति कार्यक्रममा अगाडी बढाउने योजना नआएको प्रति उर्जा मन्त्रीको ध्यानाकर्षण गराए । ३३ प्रतिशत विद्युतको पहुँचमा रहेका कर्णालीका जनताले विद्युत उपयोग गर्न पाउने योजना ल्याउन समेत माग गरे । आउदो आ.वमा सुर्खेत क्षेत्र नं २ का ४५ वडाको विद्युत विस्तारको लागी ५६ करोडको प्रस्ताव पेश गरेको जानकारी गरे ।
साथै सुर्खेतका विभिन्न सडकहरु बारे अधुरा सडक र पुलहरुको यातायात तथा पुर्वाधार मन्त्रीले सम्बोधन गरिदिन अनुरोध गरे । योजना छनौट भएको तर परिणाम नदेखिने गरि काम भएको प्रति सांसद रावतले गुनासो व्यक्त गरे ।
प्रतिकृया दिनुहोस्