Birendranagar Municipality

प्रधानमन्त्रीको निर्वाचन मंगलवार

सेरोफेरो
२१ जेठ काठमाडौं । आज हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन मंगलवारका लागि सारिएको छ । नेकपा एमालेले अवरोध गर्ने जाइरहेको अवस्थामा दलहरुको सहमतिमा बैठक सारिएको हो ।

 

संसद सचिवालयले आइतबार विहान ११ बजेदेखि प्रधानमन्त्री निर्वाचनमा मतदानको कार्यक्रम राखे पनि एमालेले अवरोध गर्ने भएपछि बैठक नै राखिएन । विहान कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नेताहरुले आफूहरु संसद चल्न नदिने बताएपछि सहमति खोज्न सभामुख ओनसरी घर्तीले दिउँसो नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक राखेकी थिइन्।

 

बैठकमा दलहरुबीच संसद बैठक मंगलवार सम्मका लागि स्थगित गर्ने सहमति भएको बताइएको छ । सभामुख ओनसरी घर्तीले शीर्ष नेताबीचको सहमति अनुसार संसद बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेकी हुन् ।

२०७४ जेठ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्