२५ असार । विप्लव नेतृत्व नेकपाको युवा संगठनका नेता पक्राउ परेका छन् ।
युथ फोर्स सुर्खेतका इञ्चार्ज समेत रहेका शिखर परियार पहाडी ‘हिमशिखर’ लाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार राति १० बजे वीरेन्द्रनगर–११ स्थित पिपिरा चोकबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
उनी भेरी–कर्णाली ब्युरो सदस्य समेत हुन् ।
प्रतिकृया दिनुहोस्