२७ असार, सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) भक्तबहादुर लामा चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले लामालाई शुक्रवार कार्यालयबाटै पक्राउ गरेको हो ।
वनको काठ निकासीको म्याद थप गरिदिने भन्दै लामाले सेवाग्राहीबाट घुस लिएको अख्तियारका सुर्खेत प्रवत्ता मेघनाथ सापकोटाले जानकारी दिए ।
लामा माथी थप अनुसन्धान भैरहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्