२ साउन । सरकारले काठमाडौंको लागी ३०० वटा विद्युतिय बस खरिद गर्ने भएको छ । विद्युतिय बस खरिद गरी संचालनको लागी साझा यातायातलाई दिईने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोेटाले बताए ।
काठमाडौंको यातायात चापलाई मध्यनजर गर्दे सरकारले विद्युतिय बस खरिद गर्न लागेको हो । मन्त्री बाँस्कोटाले भने 'सय जनाले साना गाडीको यात्रा गर्दा धेरै सवारी चाप हुने हुँदा ठुला बसले सय जना बोक्दा सवारी चाप घट्छ ।' मन्त्री बाँस्कोटाले मोनोरेल र मेटे नआउने बेला सम्म साझा यसको बिकल्प हुने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस्