Birendranagar Municipality

सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय सुर्खेतमा

सेरोफेरो

२१ जेठ सुर्खेत । सत्य निरुपण तथा मेलमिलाप आयोग नेपाल, मुकामको विरेन्द्रनगरमा उद्घाटन भएको छ । आयोगका विभिन्न कामहरु सम्पादन गर्नको लागि उक्त कार्यालयको स्थापना जनाइएको छ ।

 

कार्यक्रममा बोल्दै पीडितका तर्फबाट नन्दा श्रेष्ठले राज्यले पिडित र पिडक दुबैलाई एक आपसमा लडाएको भन्दै यौन हिंसा भएका महिलाले कुनै पनि हालतमा पिडकलाई आम माफि दिन नसक्ने बताइन् ।

 

यसैगरी अर्का पिडित प्रताप पौडेलले मनमा परिवार गुमाएको पिडा भएको बेला, पिडकलाई कारबाही गर्नुको साटो क्षतिपुर्तिको कुरा गरेकोमा दुःख पाखे ।

 

कार्यक्रममा विरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदि, बरिष्ठ अधिवक्ता भुषण कुमार मानन्धरले धारणा राखेका थिए ।


कार्यक्रममा बोल्दै आयोगकी सदस्य डा. माधवि भट्टले द्वन्द्व समाप्त भएको लामो समयसम्म पनि आयोग गठन नहुँदा पिडितलाई समस्या परेको भन्दै, अब न्यायको पखाई धेरै लामो नभएको र पिडितले छिट्टै न्याय पाउने प्रतिबद्वता व्यक्त गरीन् ।

 

भट्टले पिडितको गोपनियता र सुरक्षामा विषेश ध्यान दिने भन्दै शक्तिका आधारमा न्याय नपाएको महशुस कुनै पनि पिडितले गर्न बताइन् । साथै उनले पिडितलाई न्याय दिन ढिलाई नगर्न कार्यालयलाई निर्देशन दिइन् ।

 

प्रदेश नं ६ को मेलमिलाप आयोगमा तत्कालका लागी तिनजना अनुसन्धान अधिकारी, दुई जना स्थानिय विज्ञ र एक जना अनुसन्धान संयोजक रहेका छन् । कार्यक्रम सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य डा.माधवी भट्टको प्रमुख आथित्यता र मेलमिलाप आयोगका संयोजक धर्मानन्द नाथको अध्यक्षतामा सम्पन्न भएको थियो । 

२०७४ जेठ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्