८ साउन । देशभरी भएको प्राकृतिक प्रकोपलाई सवै मिलेर सामना गर्न सुर्खेत क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य नवराज रावतले आग्रह गरेका छन् ।
मंगलबार रातीबाट शुरु भएको अबिरल बर्षाका कारण सुर्खेतमा भएको डुवानले करौंडोको क्षेति भएको भन्दै सांसद रावतले यस कार्यमा खट्ने सवै निकायहरुलाई धन्यवाद दिए ।
प्रतिनिधी सभाको बुधबारको बैठकमा बोल्दै सांसद रावतले वीरेन्द्रनगर नगरपालिकाका ९, १०, ११ र १२ का विभिन्न स्थानमा क्षेति भएको जानकारी दिए ।
साथै देशका विभिन्न स्थानमा पहिरोमा परी घाईते हुने प्रति स्वास्थ्य लाभको कामना गर्दे सांसद रावतले मृत्यु हुने मृतकहरु प्रति श्रद्धाञ्जली समेत व्यक्त गरे ।
प्रतिकृया दिनुहोस्