Birendranagar Municipality

सर्वोच्चको आदेश : पुन निर्वाचनको निर्णय तत्काल कार्यान्वयन नगर्नु

सेरोफेरो
२२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले भरतपुर वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । भरतपुर महानगर १९ वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दर्ता गराएका थिए ।


भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै परेको रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले २८ गते दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने वा नदिने भन्ने छलफल गर्ने र सो समयसम्मका लागि हालको प्रकृयालाइ यथास्थितिमा राख्न निर्देशन समेत दिएको छ ।


रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गरेका थिए ।

 

भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाका क्रममा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । च्यातिएका ९० थान मतपत्र गन्न नसकिने अवस्थामा रहेका छन् ।

२०७४ जेठ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्